Sunday, June 10, 2007

गिरीजा - भ्रष्‍टाचार र तस्करीको केन्द्रविन्दु, एक सनसनिखेज खुलासा.....!

म कुनै राजनैतिक व्यक्तित्व होइन। म कुनै पार्टिको भरौटे होइन। म कुनै राजनैतिक विचार र वादको पक्षधर पनि होइन। मलाई कुनै पार्टिको पक्ष र विपक्षमा रहेर फाइदा र वेफाइदा कमाउनु र गुमाउनु पनि छैन। कुनै नेताको पछि लागेर आफ्नो स्वार्थ पूरा गर्न पल्केको कुकुर(कार्यकर्ता) होइन। मलाई कुनै नेताले मेरो जिन्दगी बनाइदेला भन्ने महत्वाकाङ्क्षा छैन। म आफ्नो परिश्रममा विश्वास गर्छु। म मेहनतको कमाईलाई आफ्नो वास्तविक कमाई ठान्छु। मेरो लागि मेरो पौरख र मेरो देश सबैभन्दा ठूलो कुरा हो। म मेरो देशलाई यति माया गर्छु कि कोही यसको दुश्मन भेटियो भने त्यसको विरूद्धमा लाग्न मलाई काउकुति लागिरहन्छ, छटपटि भइरहन्छ। मेरो देशको दुस्मन मेरो दुश्मनभन्दा पनि ठूलो हुन्छ। मेरो देशलाई चुस्न खोज्ने जो कोहिलाई पनि म निमिट्यान्न पार्न चाहन्छु। त्यहि चाहना नै यो खोज र लेखको मुख्य उत्प्रेरक हो। यो र यस्तै भ्रष्‍टाचारी र तस्करहरूको विरूद्धमा खोज र लेखको लागि हाम्रो एउटा समूह पनि तयार छ। र यो खोजको दौरानमा हामीले केही नेताहरूको वारेमा धेरै सनसनीखेज तथ्यहरू पत्ता लगाएका छौं। ती लेखहरू यस्तै गरी अरू साथिहरूले पनि प्रकाशित गर्नेछन्।

मेरो यो लेखमा भने मैले गिरीजाको बारेमा पत्ता लागेका ति सबै कुराहरू प्रस्तूत गर्नेछु, जसले नेपाली राजनितीको महाराजा सावित भएका नेपालका वर्तमान प्रधानमन्त्रि गिरीजाप्रसाद कोइरालालाई नेपालको सबैभन्दा ठूलो दुश्मन सिद्ध गर्नेछ। र यो पनि प्रमाणित गर्नेछ कि नेपाललाई राजा ज्ञानेन्द्र र राजपरिवारबाट जति खतरा छ त्यो भन्दा कैयौं गुना बढी खतरा गिरीजा र त्यो जस्तै चोर नेताहरूबाट छ भन्ने कुरा विश्वसामू आउनेछ र नेपाली जनतालाई नेपाल र नेपालीको रक्षाको लागि अर्को जनआन्दोलनको लागि प्रेरित गर्नेछ। यो हाम्रो विश्वास हो र आवस्यकता पनि हो। गिरीजाको बारेमा यो लेखमा धेरै तथ्यहरू खुलासा हुनेछन् प्रतिक्षा गर्नुहोस्।


क्रमश:..................................................।